एटिएमबाट १ करोडभन्दा बढी पैसा झिक्ने ५ चिनियाँ नागरिक सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एटिएमबाट १ करोडभन्दा बढी पैसा झिक्ने ५ चिनियाँ नागरिक सार्वजनिक

chiniya nagarik pakrau

काठमाडौं, १५ भदौ । प्रहरीले नक्कली भिसा कार्ड बनाएर बिभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले आईतबार राजधानीमा पत्रकार सम्मेलन गरी नक्कली भिसा कार्ड बनाएर एटिएमबाट १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ निकाल्ने चिनियाँ नागरिकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका चिनियाँ नागरिकहरुमा ३५ वर्षीय चेन विन विन, ३० वर्षीय क्यू याङयिङ, ३२ वर्षीय झू लियाङ आङ, २९ वर्षीय लिन जिनमिङ र ४० वर्षीय लू जियालिङ रहेका छन । उनीहरुको साथबाट नक्कली भिसा कार्ड १ सय ३२ थान, मोवाईल ६ थान, ल्यापटप १ थान, डाटा कार्ड १ थान बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख उत्तम सुवेदीले जानकारी दिनु भयो ।

शनिबार दरबारमार्गस्थित नविल बैंकको एटिएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ गरेका थिए । प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुको साथबाट ९ हजार १ सय ८ अमेरिकन डलर पनि बरामद गरिएको जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);