इलाम बसपार्कको निर्माण कार्य गुणस्तरहीन भएपछि अझै सञ्चालनमा आएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

इलाम बसपार्कको निर्माण कार्य गुणस्तरहीन भएपछि अझै सञ्चालनमा आएन

illam buspark gunastarhin

टिका खतिवडा

इलाम, १५ भदौ । इलाममा निर्माण भएको नयाँ बसपार्कको निर्माण गुणस्तरहीन भएपछि संचालनमा आउन सकेको छैन । बसपार्कको भवन र त्यहाँ निर्माण भएका संरचना गुणस्तरहिन भएको पाइएपछि त्यसको अनुसन्धान शुरु गरिएको सम्बन्धित निकायले जानकारी दिएको छ ।

इलामको सेरामा २०७४ सालमा निर्माण शुरु भएको बसपार्कको संरचनामा गुणस्तरहिन भएपछि हालसम्म सञ्चालन हुन सकेको छैन । बसपार्कको भवन निर्माणमा पनि प्रारम्भिक परिक्षणका क्रममा नै पीलर निर्माण गर्दा निर्माण व्यवसायीले मापदण्ड पुरा नगरी कमसल सामग्री प्रयोग गरिएको पाइएको हो । बसपार्कमा बनाइएको कालोपत्रे सडक र सोलार बत्ती समेत निर्माण सम्पन्न नभई विग्रीएको छ । निर्माण व्यवस्थित हुन नसक्दा आफुहरुलाई पनि असहज भएको स्थानीयको गुनासो छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना इलाम फिल्ड कार्यालय झापाका अनुसार संरचनाको भेलोसीटी मेथर्ड अन्तर्गत परिक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि मात्र अन्य प्रक्रिया अगाडि बढ्ने छ । भवनको पिलरमा नै समस्या देखिएको सघन कार्यालयका इञ्जिनियर सुदिप झाले जानकारी दिनुभयो ।

पछिल्लो पटक भवन लगायतका संचरना निर्माणका लागि ठेक्का लिएको खनाल कन्स्ट्रक्सन कम्पनीले लिएको थियो । भवन सम्झौता अनुरुपको गुणस्तर नभएको पाइएमा भवन भत्काउन पर्ने प्राविधिकहरुको भनाई छ । नयाँ बसपार्क निर्माण भएपनि हस्तान्तरण हुन सकेको छैन । बसपार्क संचालन नहुँदा इलाममा सवारी साधन पार्किङ्गको समस्या रहँदै आएको छ । यसका लागि आवश्यक पहल गरी सम्वन्धित पक्षसँग छलफल गरेर अघि वढ्ने इलाम नगरपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठले स्पष्ट पार्नुभयो ।

कार्यालयका अनुसार विरुवा भगवती जेभीले मेची राजमार्गदेखि बसपार्कसम्म कालोपत्रे कार्य, सर्टिङ र शौचालय निर्माणका सम्झौता भएर काम अगाडी बढेको थियो । एक करोड आठ लाख १२ हजारमा ठेक्का सम्झौता भएपनि हाल सम्म कामको फाइनल हुन सकेको छैन । पटक पटक म्याद थपिए पनि फिनिसिड. नभएकाले फाइनल हुन नसकेको बताइएको छ ।

यस्तै २०७४ बैशाख १०मा खनाल कन्ट्रक्सनसँग भवन समेत टिकट काउण्टर, वर्कशप, सटर र शौचालय समेत निर्माणका लागि तीन करोड ४२ लाख दुइ हजारमा सम्झौता भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);