गुल्मीको उदिनढुङ्गा बसपार्कको भवन निर्माणकार्य अस्तव्यस्त (भिडियोसहित ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गुल्मीको उदिनढुङ्गा बसपार्कको भवन निर्माणकार्य अस्तव्यस्त (भिडियोसहित )

गुल्मी,१९ पुष। गुल्मीमा बसपार्कको प्रशासनिक भवन निर्माणको काम पूरा हुन सकेको छैन । बसपार्कमा प्रशासनिक भवन बन्न नसकेसँगै यात्रु र व्यावसायीले सास्ती खेपिरहेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका २ उदिनढुङ्गामा अवस्थित बसपार्कको भवन निर्माण सुरु भएको बर्षौ भएपनि काम पूरा नभएसँगै सरकारी लगानी अस्तव्यस्त बनेको छ ।

५ बर्ष अघि शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले निर्माण सुरु गरेको बसपार्कको प्रशासनीक भवन लगायत संरचना निर्माणको काम अलपत्र छ । भवन निर्माणको कामले तिब्रता पाउन नसक्दा निर्माणको क्रममा बनेको जग लगायतको भौतिक संरचना जीर्ण बन्ने अबस्थामा पुगेको छ ।

पछिल्लो समय निर्माणधिन भवनमा गाईगोरु ओत लाग्ने, सडक बालबालिका सुत्ने र दिसा पिसाव गर्ने गरेकाले दुर्गन्धित समेत बन्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);