यात्रु नपाउँदा जापान उडान दुई महिना सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

यात्रु नपाउँदा जापान उडान दुई महिना सर्‍यो

nepal airlines

काठमाडौं, २६ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा नयाँ वाइडबडी जहाज भित्र्याएको १ वर्षपछि पाएको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यको जापान उडान स्थगित भएको छ ।

निगमले आगामी असार १९ गतेदेखि तय गरेको जापानको ओसाका उडान करिब २ महिना पर सारेर अब भदौ १२ देखि मात्रै गर्ने भएको छ । निगमले उडान मिति तय गरेर यात्रु बुकिङ नभएको बहानामा जापान उडान एक महिना २६ दिन पर धकेलेको हो ।

जापान उडानको बुकिङ खुला गरेको ३ सातापछि बुकिङ नै कम भएको र जापान जाने आउने नेपालीको निम्ति अफ सिजनसमेत भएकाले पनि तय भइसकेको उडान स्थगित गर्नुपरेको वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);