३० औं घरेलु तथा औद्योगिक प्रदर्शनी सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

३० औं घरेलु तथा औद्योगिक प्रदर्शनी सम्पन्न

gharalu exebition

काठमाडौं, २६ जेठ । राजधानीको भृकुटी मण्डपमा ५ दिनसम्म चलेको ३०औं राष्ट्रिय लघु,घरेलु तथा औद्योगिक प्रदर्शनी २०७६ आइतबार समापन भएको छ ।

नेपाल सरकार उद्योग विभागको संयोजकत्व तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा ५ दिन सम्म चलेको प्रर्दशनीमा अपेक्षा गरे अनुसारको व्यापार तथा अवलोकन कर्ताहरुको उपस्थिति भएको आयोजकले जनाएका छन् । उद्योग बिभागका महानिर्देशक बिनोद प्रकाश सिंहले मेला सफल र उत्साहप्रद रहेको बताउनुभयो ।

प्रर्दशनमा सहभागी उद्यमीहरुले स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्नका लागि स्थानीय प्रकृतिको प्रर्दशनीस्थलको व्यवस्था गरिनुपर्ने माग गरेका थिए ।

स्वदेशी बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका आयोजना गरिएको प्रर्दशनीमा ७ वटै प्रदेशका ७० जिल्लाका घरेलु उत्पादनहरुको करिव २ सय स्टलहरु रहेका थिए । प्रर्दशनीमा सहभागी प्रत्येक प्रदेशबाट उत्कृष्ट हुने एकजना उद्योगीलाई १३ हजार रुपैया सहित सम्मान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);