उद्यम विकासका लागि आवश्यक प्रविधिको व्यवस्था गर्न उद्योगीको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उद्यम विकासका लागि आवश्यक प्रविधिको व्यवस्था गर्न उद्योगीको माग

‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६’

काठमाडौं, २३ जेठ । घरेल तथा साना उद्योगीहरुले उद्यम विकासका लागि आवश्यक प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ मा सहभागी भएका घरेलु तथा साना उद्यमीहरुले नेपालको कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि आवश्यक नयाँ प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

मुलुकको कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि आवश्यक प्रविधिको विकासमा जोड दिन सरकारसँग माग गर्नु परेको नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सूर्यबहादुर कँडेलले जानकारी दिनु भयो । महासंघले मुलुकलाई समृद्ध बनाउन, रोजगारीको अवसर सृजना गर्न नेपाली उद्यमको प्रवर्द्धनमा लाग्न पनि सरकारलाई सचेत गराउँदै आएको छ ।

नेपाल सरकारको उद्योग विभाग तथा महासंघको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको प्रदर्शनी पनि स्वदेशी बस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । ५ दिनसम्म चल्ने प्रदर्शनीमा ७७ वटै जिल्लाका घरेलु उत्पादनहरुको करिव २ सय वटा स्टलहरु राखिएका छन् । प्रदर्शनीमा १ लाख ५० हजारभन्दा बढिले अवलोकन गर्ने तथा ५ करोड बढि आर्थिक कारोबार हुने अपेक्षा गरिएको पनि महासंघका उपाध्यक्ष एवम् प्रदर्शनी आयोजक समितिका संयोजक कँडेलले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);