मौलिक हकलाई आधार बनाएर बजेटको प्राथमिकता निर्धारण : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मौलिक हकलाई आधार बनाएर बजेटको प्राथमिकता निर्धारण : अर्थमन्त्री

arthamantri-bajet siddanta

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संविधानले गरेको व्यवस्था अनुसार मौलिक हकलाई आधार बनाएर बजेटको प्राथमिकता निर्धारण बताउनुभएको छ ।

विहिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७६-७७ को बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले मौलिकहकको प्रत्याभुति गर्न राज्यको पहिलो दायित्व भएकाले त्यसकै आधारमा प्राथमिकता निर्धारण गरिएको बताउनुभएको हो ।

अर्थमन्त्रीले प्राथमिकता निर्धारण व्यक्ति विशेषको दक्षता र दृष्टिकोणमा आधारित हुने भन्दै संविधानमा उल्लेखित मौलिक हकलाई आधार बनाएर सरकारले प्राथमिकता निर्धारण गरेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले सबै चालु खर्च साधरण खर्च नहुने भएकाले उपभोग्य खर्चको रुपमा मात्रै नबुझ्न आग्ह गर्नुभयो । उहाँले सामाजिक सुरक्षा भत्ताका सम्बन्धमा ५९ बर्ष औसत आयु भएको समयमा २०५१ सालमा ७५ बर्ष पुगेका वृद्धवृद्धालाई १ सय रुपैया भत्ता दिन थालेको स्मरण गर्दे अहिले औषत आयु बढेर ७१ बर्ष पुग्दा वृद्ध भत्ता पाउनेको उमेर घटाउने कुरा उपयुक्त नहुने तर्क गर्नुभयो ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो सरकारको समयमा सामाजिक सुरक्षा भत्तामा बर्ष घटाई ६५ कायम गर्ने निर्णय गरेको थियो । त्यसलाई कायम गर्नुपर्ने माग कांग्रेसले गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);