'संविधान अनुसार नै बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

‘संविधान अनुसार नै बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण’

yubraj

काठमाडौं, ३१ वैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संविधानले कल्पना गरेको राज्य संरचना अनुसार नै बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको बताएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले संविधानले कल्पना गरेको राज्य संरचना अनुसार नै बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको बताएका हुन् ।

विधेयकमा नागरिकको खुसीलाई नै प्राथमिकतामा राखेर सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको उनले स्पष्ट पारे ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता समाजवाद उन्मुख हुन नसकेको, संविधान अनुसार संघीय संरचनालाई अक्षरस स्वीकार गर्न नसकेको भन्दै सांसदहरुले आलोचना गरेका थिए ।

अर्थमन्त्री खतिवडाले विधेयकमा सिद्धान्ततः सबै नागरिकलाई लोककल्याणकारी राज्यको दायरामा ल्याउने, सामाजिक सुरक्षाको दायरामा ल्याउने र सवलीकरणमा अघि बढाउने भनिसकेपछि खण्ड खण्डमा सिद्धान्त नै नखोजी बजेटका कार्यक्रम पर्खन आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);