राष्ट्रियसभाबाट आएका सुझावलाई बजेट निर्माणको आधार बनाउँछु : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रियसभाबाट आएका सुझावलाई बजेट निर्माणको आधार बनाउँछु : अर्थमन्त्री

अर्थमन्त्री डाक्टर युवराज खतिवडा

काठमाडौं, ३० वैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्रियसभा सदस्यहरुबाट आएका रचनात्मक सुझावलाई बजेट निर्माणका क्रममा आधार बनाईने विश्वास दिलाउनु भएको छ ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आगामी बर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा उठेका जिज्ञासाको जवाफ दिदै उहाँले उपयुक्त सुझावहरुलाई बजेट निर्माणको आधार बनाउने बताउनुभएको हो ।

स्थानीय पुर्वाधार विकासका सन्दर्भमा उठेका जिज्ञासाहरुलाई मनन् गरिएको भन्दै मिलाउन सक्ने विषयलाई विधिवत ढंगले समावेश गरिने बताउनुभयो । कोरा अर्थशास्त्रले मात्रै मुलुक नबन्ने भएकाले सिद्धान्तलाई व्यवहारिक ढंगले कार्यान्वयनमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

विकृति हटाउने नाममा राम्रो प्रणाली फाल्न नहुने भन्दै उहाँले सामुहिक प्रणालीमा देखिएका समस्या समाधान गर्दै वित्तिय प्रणालीलाई विकास गर्दै लैजानुपर्ने बताउनुभयो ।

छोटो अवधिमा वित्तिय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँडको विषयमा अधिकांश कुराहरु भएको र आवश्यक कानुनहरु बनेको भन्दै उहाँले वित्तिय संघीयता कार्यान्वयन पुर्ण नभए पछि उल्लेख्य मात्रामा अघि बढेको स्पष्ट पार्नुभयो ।

संघीयता कार्यान्वयनमा सरकार अघि बढ्ने भन्दै त्यसमा कुनै पनि प्रकारको शंका नगर्न पनि उहाँले आग्रह गर्नुभयो । संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपुरक भुमिका अनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुनेमा उहाँले विश्वस्त पार्नुभयो ।

उहाँले नेपालको विकासमा सहयोग गर्ने अन्तराष्ट्रिय निकायको भुमिकालाई पनि विर्सन नहुने भन्दै अन्तरसम्बन्धीत रहेर चनाखो भई सोही आधारमा बजेटका सिद्धान्त र प्राथमिकता तय गरिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय पूँजी निर्माण नगरी राष्ट्रिय सवल अर्थतन्त्र निर्माण नहुने भएकाले राष्ट्रिय बचत गर्ने क्षमता र राष्ट्रिय उत्पादनलाई परिचालन गर्ने क्षमता वृद्धि गरि न्यायिक समाज र सवल अर्थतन्त्र निर्माण गर्दै जानुपर्ने सोच अनुसारको सिद्धान्त र प्राथमिकतामा बजेट अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले क्षेत्रगत भन्दा पनि नीतिगत, कार्यक्रमिक, परियोजना र आयोजनागत प्राथमिकताका आधारमा बजेटका प्राथमिकताहरु तय हुने बताउनुभयो । साधन स्रोत तथा राजश्वको बांडफाँड लगायतलाई मानवविकास सुचांक लगायतका आधारमा क्षेत्रिय सन्तुलन कायम गर्ने तर्फ सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले बैदेशिक रोजगारीलाई निरुत्साहीत गर्दै बिप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन, बचत र आफ्नै राष्ट्रिय पूँजीबाट संचालित हुने अर्थ प्रणाली तर्फ लैजान सके आयातमुखी भनिएको अर्थतन्त्रमा सुधार आउने भएकाले यसलाई प्राथमिकता दिईने बताउनुभयो । राष्ट्रिय सभाको अर्को बैठक मंगलबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);