आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत

arthamantri-bajet siddanta

काठमाडौं, २७ बैशाख । अर्थमन्त्री युवराज खतिवडाले सामाजिक न्याय सहितको विकास र सम्मृद्धिको बाटोमा आगामी बर्षको बजेट केन्द्रीत हुने बताउनुभएको हो । संघीय संसद प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो ।

अर्थतमन्त्री खतिवडाले उच्च आर्थिक वृद्धि , सामाजिक न्याय सहितको समावेशी विकास , क्षमता अनुसारको कामको अवसर र मर्यादित रोजगारीको सुनिश्चितता, गुणस्तरीय पुर्वाधार तथा शुसासन कायम गर्ने तर्फ पनि बजेट केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

अर्थतमन्त्री खतिवडाले आगामी आर्थिक बर्षलाई युवा परिचालन बर्षको रुपमा लिईने समेत बताउनुभयो । त्यसैगरी अधुरा आयोजना सम्पन्न गर्ने बर्षमा रुपमा लिई महिला शसक्तिकरण र कृषिको आधृनिकिकरण र भू उपयोग तथा जलस्रोतको उपयोगलाई पनि प्राथमिकता दिइने अर्थमन्त्री खतिवडाको भनाई छ ।

प्रतिनिधिसभाको अर्को बैठक बैशाख २९ गते ११ बजेका लागि बोलाईएको छ । आईतबार र सोमबारको बैठकमा आर्थिक बर्ष २०७६-७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेकका विषयमा छलफल गरिने कार्यतालिका रहेको छ ।

यता, अर्थमन्त्री खतिवडाले शक्रुवारै राष्ट्रियसभाको बैठकमा पनि आर्थिक वर्ष २०७६-०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);