आर्थिक बर्षको विनियोजन विधेयक संसदमा प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आर्थिक बर्षको विनियोजन विधेयक संसदमा प्रस्तुत

yubraj

काठमाडौं, २६ बैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री खतिवडाले आगामि आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

प्रस्ताव प्रस्तुत गर्दै खतिवडाले संविधानप्रदत्त नागरिकका मौलिक अधिकार कार्यान्वयन र तीव्र आर्थिक वृद्धि गर्नु सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए । दिगो विकास लक्ष्य प्राप्तिका लागि अगामी कार्यक्रम केन्द्रीत रहनेछ भन्दै उनले गरिबी निवारण गर्दै आर्थिक समृद्धि हासिल गरिने बताए ।

स्वच्छ, खानेपानी, आधारभूत स्वास्थ्यको पहुँच, स्वास्थ्य बीमामा सबैको आवद्धता, निरक्षरता उन्मूलन, सार्वजनिक शिक्षालाई थप प्रभावकारी, रोजगारी सिर्जना, श्रमिकका दक्षता अभिवृद्धि तथा पर्यटनको विकास आर्थिक बर्ष २०७५÷७६ को प्राथमिकतामा रहेको मन्त्री खतिवडाको भनाइ छ । उनले भूकम्पपछिको पुनःनिर्माण उच्च प्राथमिकतामा रहने र सामाजिक सुरक्षाको दायरा वृद्धि गरिने स्पष्ट पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);