कपिलवस्तुबाट दैनिक ९० क्विन्टल गोलभेँडा निर्यात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कपिलवस्तुबाट दैनिक ९० क्विन्टल गोलभेँडा निर्यात

tomato

कपिलवस्तु, २६ बैशाख । कपिलवस्तुमा उत्पादन भएको गोलभेडालगायतका तरकारी जिल्ला बाहिर निकासी हुन थालेका छन् । जिल्लामा राम्रो मूल्य पाउन नसकेपछि किसानहरु छिमेकी जिल्ला अर्घाखांची, रुपन्देही, दाङ तथा पोखरा र काठमाडौंसम्म गोलभेडा पठाउन थालेका हुन् । कतिपय गाउँमा तरकारी संकलन केन्द्र संचालन भएकाले किसानलाई तरकारी बिक्री गर्न समस्या छैन ।

तरकारी उत्पादनमा नमुना एवम् पकेट क्षेत्र बनेको कपिवस्तुको बुद्धभूमि नगरपालिका १० धनकौलीका कृषकले दैनिक रूपमा गोलभेडा बाहिरी जिल्लामा निर्यात गर्ने गरेका छन् । दैनिक ९० क्विन्टल गोलभेडा जिल्ला बाहिर निकासी भइरहेको कृषकहरू बताउँछन् ।

रामघाट तरकारी संकलन केन्द्रमा जम्मा गरी उनीहरूले गोलभेडा जिल्ला बाहिर पठाउने गरेका छन् । धनकौलीबाट दैनिक ७० देखि सय क्विन्टल गोलभेडा जिल्लाबाहिर निकासी गर्ने गरिएको छ । जिल्ला बाहिरका व्यापारीहरू आफैँ गाडी लिएर गोलभेडा किन्न आउने गरेको कृषक महेश केवट बताउँछन् ।

गाउँमा तरकारी संकलन केन्द्र संचालन भए यता तरकारी बिक्रीवितरणमा समस्या नभएको कृषकहरु बताउँछन् । जिल्लामा गोलभेडा उत्पादन राम्रो रहेता पनि किसानहरूले आफ्नो उत्पादनको मूल्य आफैँ तोक्न पाएका छैनन् । उनीहरूले उत्पादन गरेको तरकारी मूल्य बिचैलियाले निधारण गर्ने गरेका छन् । टमाटर अत्यधिक उत्पादन भएकाले गत वर्षभन्दा यस वर्ष कम मूल्य पाएको कृषकहरु गुनासो गरेका छन् । सामान्यतया १० कठ्ठामा सय क्विन्टल गोडभेडा उत्पादन हुने कृषकहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);