अति विकट मानिने सर्रे अम्बासमा सामूहिक रुपमा टनेलमार्फत् अर्गानिक खेती सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

अति विकट मानिने सर्रे अम्बासमा सामूहिक रुपमा टनेलमार्फत् अर्गानिक खेती सुरु

सिरहा, २७ पुष । सिरहाको उत्तरवर्ती क्षेत्रको अति विकट मानिने सर्रे अम्बासमा सामूहिक रुपमा टनेलमार्फत् अर्गानिक खेती शुरु गरिएको छ ।

१० जना स्थानीयले सामुहिक रुपमा संचालन गरेको अर्गानिक खेतीबाट मनग्यै आम्दानी हुने र विषादीरहित तरकारी खान पाइने विश्वासका साथ उनीहरुले खेती गरेका हुन् ।

पानीको अभावकै बीच अर्काको खेत लिजमा लिएर गरेको गोलभेडा खेतीमा अहिले लटरम्म गोलभेडा फलेको छ । एउटा बोटमा करिव ५ देखि १० के.जी.सम्म फल्ने समूहका सदस्यहरुले बताएका छन् ।

सामूहिक खेती गर्दा झन्झटिलो पनि नहुने र एक आपसमा सौहाद्रता बढ्ने भएकाले समूहमै मिलेर खेती गरेको सदस्यहरुको भनाई छ । सामूहिक अर्गानिक खेती गर्न स्थानीयलाई नगरपालिकाले पनि आर्थिक सहयोग गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);