लुम्बिनी प्रदेश प्रहरीद्धारा जातीय छुवाछुत तथा बालविवाह रोकथाम गर्न ३ महिने अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लुम्बिनी प्रदेश प्रहरीद्धारा जातीय छुवाछुत तथा बालविवाह रोकथाम गर्न ३ महिने अभियान सुरु

दाङ, २७ पुष । लुम्बिनी प्रदेश प्रहरीले जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि ३ महिने अभियान सुरु गरेको छ । सोमवार प्रेस नोट जारी गर्दै जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि ३ महिने अभियान सुरु गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरी ६५ प्रहरी कार्यालयबाट उक्त अभियान सञ्चालन गरिने कार्यालयका प्रवक्ता एंव एसएसपी राजकुमार बैदवारले जानकारी दिनुभयो ।

साथै, ३ महिने अभियानमा कम्तिमा जम्मा ३ सय ९० वटा कार्यक्रमहरु सञ्चालन हुने समेत प्रवक्ता बैदवारले जानकारी दिनुभयो । समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा पर्चा, पम्पलेट वितरण गरी विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने उहाँले बताउनुभयो ।

साथै, अभियानको उद्देश्य समाजमा हुने जातीय छुवाछुत तथा वालविवाह जस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पु¥याइ जातिय विभेद तथा बालविवाह मुक्त समाजको सिर्जना गर्नु रहेको समेत उहाँले जानकारी दिनुभयो । अभियान यहि पुस २६ गतेदेखि चैत २६ गते सम्म संचालन हुने समेत जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);