भक्तपुरबाट मोटरसाइकल चोरी गर्ने गिरोह नै प्रकाउ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

भक्तपुरबाट मोटरसाइकल चोरी गर्ने गिरोह नै प्रकाउ

भक्तपुर, २८ पुष । भक्तपुरबाट पटकपटक मोटरसाइकल चोरीमा संलग्न हुँदै आएका गिरोहलाई भक्तपुर प्रहरीले पक्रेको छ ।

महानगरीय प्रहरी प्रभाग सिरुटारको टोलीले दुईवटा चोरीको मोटरसाइकलसहित वीरगञ्जका २० वर्षीय पप्पु पटेल नुवाकोटका २९ वर्षीय सुनिल तामाङ, र धादिङका २५ वर्षीय राजन लामालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक तथा सुचना अधिकारि दीपक गिरीले जानकारी दिनुभयो ।

प्रहरीले छोरि गरि राजन लामाले चलाउँदै आएको बा ९५ प ६४०५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि थप अनुसन्धानका क्रममा अर्को चोरीको मोटरसाइकल सूर्यविनायक नगरपालिका–१ बिरुवामा सञ्चालित बिन्ध्यबासिनी बर्कसपबाट बा ७२प ७९४९ नंको मोटरसाइकल बरामद गरेको सुचना अधिकारि दीपक गिरीले बताउनुभयो ।

अनुसन्धानका क्रममा व्यावसायिकरुपमा पटकपटक मोटरसाइकल चोरी तथा किनबेच गर्दै आएको गिरोह रहेको भक्तपुरबाट खुलासा भएको प्रहरीको पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । तस्बिर छ

Leave a Reply