प्रहरीलाई घुस दिन खोज्ने युवा भक्तपुरबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रहरीलाई घुस दिन खोज्ने युवा भक्तपुरबाट पक्राउ

भक्तपुर, १२ फागुन । प्रहरीले नियमित सवारी चेक गर्ने क्रममा एक हजार रुपैयाँ घुस दिन खोज्ने एकजनालाइ पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एक पक्राउ परेका छन । पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने रामेछाप लिखु गाउँपालिका–६ का २८ वर्षीय ज्ञान नारायण श्रेष्ठ छन् ।

काठमाडौंबाट भक्तपुरतर्फ आउदै गरेको बा.८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिंङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिएपछि प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो भक्तपुर प्रहरी परिसर का सुचना अधिकारि डिएसपी दिपक गिरीले बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);