पूँजी बजारमा लगानी गर्न गभर्नर नेपालको आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पूँजी बजारमा लगानी गर्न गभर्नर नेपालको आह्वान

काठमाडौं, २६ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पूँजी बजारमा लगानी गर्न आह्वान गरेका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पूँजी बजार प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गभर्नर नेपालले पूँजी बजार अघि नबढेकै कारण मुलुकको विकास हुन नसकेको बताएका छन् । पूँजी बजार अघि बढेका देशहरुमा मात्रै विकास सम्भव भएको उनले दाबी गरे । गभर्नर नेपालले पूँजी बजार भविष्यको आधार भएकाले यसमा लगानी गर्न अप्ठयारो मान्नु नपर्ने तर्क पेश गरे ।

नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत रहेका डा. नेपालले पूँजी बजारलाई पारदर्शी बनाउन सचेत आग्रह गरे । उनले पूँजी बजार संवेदनशील क्षेत्र भएकाले यसमा लगानी गर्दा सावधानी अपनाउनुपर्ने उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);