नेपालमा कफि पर्यटनको ठूलो सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपालमा कफि पर्यटनको ठूलो सम्भावना

काठमाडौं, २७ बैशाख । अनुसन्धानकर्ताहरुले नेपालमा कफी पर्यटनको ठूलो सम्भावना रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित कफीसँग सम्बन्धित ‘हाम्रो कफी’ नामक प्रोजेक्टले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अनुसन्धानकर्ताहरुले नेपालमा कफी पर्यटनको ठूलो सम्भावना रहेको पाइएको बताएका छन् ।

नुवाकोट र कास्कीको विभिन्न स्थानमा गरिएको कफी खेतीको स्थलगत अवलोकनबाट नेपालमा कफी पर्यटनको ठूलो सम्भावना रहेको निष्कर्ष निकालिएको छ । ‘हाम्रो कफी’ नामक प्रोजेक्टले नेपालको आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नुवाकोट र कास्कीमा रहेका कफी खेतीहरुको अवलोकन गराएपछि उनीहरुले नेपालमा कफी पर्यटनको धेरै सम्भावना रहेकोे बताएका छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार नेपालको कफीलाई विश्वकै ताजा र गुणस्तरीय कफीको रुपमा लिईन्छ । यसलाई पर्यटन प्रवद्र्धनमा पनि परिचालन गर्न सकिने सो प्रोजेक्टको बुझाई छ । कफी किसानहरु बाह्य पर्यटक र आन्तरिक पर्यटकहरुले नेपालमा कफी खेती विस्तार गर्न पनि यसलाई पर्यटनसँग जोडेर अघि बढ्न उपयुक्त हुने सुझाव दिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);