उत्पादनमा सरकारले पर्याप्त चासो नदिँदा कफी व्यवसायीकरण हुन सकेन (भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उत्पादनमा सरकारले पर्याप्त चासो नदिँदा कफी व्यवसायीकरण हुन सकेन (भिडियो रिपोर्ट )

विद्या तामाङ, माउटेण्ट टेलिभिजन एचडी। व्यवसायिक कफी खेतीमा जोड गुणस्तरीय उत्पादन हाम्रो अठोट’ नाराका साथ नेपालमा राष्ट्रिय कफी दिवस मनाइयो । नेपाली कफीको आफ्नै शान आफ्नै पहिचान आफ्नै विशिष्ट पहिचान । त्यसैले विश्वबजारमा नेपाली कफीको माग छ । तर, निर्यातमा भने सन्तोषजनक अवस्था छैन । सरकारी निकायको बेवास्ताले कफी किसानहरु उत्साही बन्न सकेका छैनन् ।
विश्व बजारमा नेपालको कफीको विशिष्ट पहिचान भएपनि निर्यात सुस्त देखिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक अनुसार नेपालमा वार्षिक ५३० मेट्रिक टन कफीका दाना उत्पादन हुँदै

आएकोमा हाल वार्षिक ३ सय ९४ मेट्रिक टनमात्र उत्पादन भइरहेको छ । अन्तराष्ट्रिय बजारमा वार्षिक ८ हजार मेट्रिक टन कफीको माग हुँदै आएको छ । जसमा स्वदेशमा नै २१ सय मेट्रिक टन कफी खपत हुने गरेको छ भने अन्तराष्ट्रिय बजारमा ९० देखि एकसय मेट्रिक टन निर्यात हुने गरेको छ । नेपाली कफी पारखी बढेको बताउनुहुन्छ ब्लाक्क ओलिभ क्याफेका निर्देशक किसन मगर।

नेपालमा उत्पादन भएको कफीले नेपालको बजारमा ३० प्रतिशत मात्रै स्वदेशी कफी पाइने र बाँकी ७० प्रतिशत बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । साना किसानले मात्र उत्पादन गरेको कफीले यसलाई अझ व्यवसायिक बनाउन नसक्ने कफी व्यसायी महासंघको भनाई छ । बिमा निर्देशिका जारी भएपनि कफी किसानका लागि बिमा गर्न स्वयं कम्पनीहरुनै हिच्किचाउने गरेको संघको गुनासो छ । अर्कातिर वार्षिक ११÷ १२ करोड बजेट विनियोजन हुने गरेपनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीका लागि ४० लाख पनि लगानी गर्न नसकेको कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारी बताउनुहुन्छ ।

नेपाली कफी उत्पादनलाई विश्वसामु चिनाउन राष्ट्रिय लोगो बनाउने प्रक्रिया भइरहे पनि सरकारले थप कफी उत्पादनका लागि प्राविधिक र अनुदानको व्यवस्था गर्न सकेको छैन् भने अर्कातिर किसानको बीमा सुनिश्चित हुन सकेको छैन । कफी निर्यात बढाएर आर्थिक लाभ लिन तीनै तहको सरकारबाट प्रोत्साहनका कदमहरु अपरिहार्य देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);