नेपालमा कफिको प्रचुर सम्भावना भएपनि राज्यको नजरमा परेन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा कफिको प्रचुर सम्भावना भएपनि राज्यको नजरमा परेन


काठमाडाैं,५ मंसिर। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित ताजा तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ । कफि उत्पादन गर्दा लाग्ने लागतमा कम्तिमा २२ दशमलव ५ प्रतिशत नाफा राखेर न्यूनतम् मूल्य निर्धारण गरेको हो । नेपालमा कफिको प्रचुर सम्भावना भएपनि राज्यको नजर नपरेका कारण उत्पादनमा वृद्धि हुन नसकेको कफि उत्पादकको गुनासो भइरहदाँ कफीको न्यूनतम् मूल्य तोकीएको हो ।

नेपालमा उत्पादन भएको कफी मध्ये ६० प्रतिशत आन्तरिक बजारमा खपत हुन्छ भने करीब ४० प्रतिशत मात्रै निर्यात हुने गरेको छ । नेपालमा कफिको प्रचुर सम्भावना रहे पनि बार्षिक रुपमामा ५०० मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित कफीको अन्तर्राष्ट्रिय बजारमा माग उच्च छ । १२ लाख हेक्टरमा कफि विस्तार गर्न सकिने अध्ययनले देखाए पनि नेपालमा अहिले २६–२७ सय हेक्टरमा मात्र कफी विस्तार गरिएको छ । आन्तरिक उत्पादनले धान्न नसक्दा वर्षेनि कफीको आयात बढ्दो छ । इमाउन्टेन सँग कुरा गर्दै धनकुटाका कृषक युवराज दर्नालले राज्यले प्राथमिकतामा नराख्दा कफीको उत्पादन बृद्धि हुन नसकेको बताउनुभयाे ।

भन्सार विभागको तथ्याङक अनुसार नेपालमा ०७६–०७७ मा ५ करोड ७७ लाख २८ हजार बराबरको कफि निर्यातहुँदा ११ करोड ८८ लाख ४९ हजार बराबरको आयात भएको छ । बगत बर्षको तथ्याङकलाई हेर्दा कास्की जिल्लामा २२ देखि २४ मेट्कि टन कफि उत्पादन भएको थियो । कृषकले अझै पनि कफिलाई सौखिन बालीको रुपमा मात्र लिएकोले उत्पादन बढन नसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यलय पोखराका प्रमूख चन्द्र पुरीले बताउनुभयाे ।

हरेक बर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफिको न्यृनतम मूल्य तोक्दै आएको छ। नयाँ मूल्यअनुसार कृषकबाट उत्पादित ताजा फल ‘ए ग्रेड’ को प्रतिकिलो मूल्य ९० र ‘बी ग्रेड’ को ८० रुपैयाँ तोकिएको छ । यस्तै ‘ए ग्रेड’ पार्चमेन्ट प्रशोधित कफीको प्रतिकिलो मूल्य ४ सय ५० रुपैयाँ तोकिएको छ भने ‘बी ग्रेड’ पार्चमेन्ट कफीको प्रतिकिलो मूल्य ३ सय ९७ रुपैयाँ कायम भएको छ । यो बर्ष भने सबैलाई मान्य हुने र वैज्ञानिक हिसाबले कफीको मुल्य तोकेको बोर्डको दावी छ ।

नेपालमा कफिको सम्भावना धेरै भए पनि राज्यले कफि उत्पादन बृद्धिका लागि अध्ययन अनुसन्धानमा खासै चासो दिएको छैन । १२ लाख हेक्टरमा कफि विस्तार गर्न सकिने अध्ययन भइसकेको अवस्थामा अहिले २६–२७ सय हेक्टरमा मात्र कफि खेति भइरहेको तथ्यबाट किसानलाई यस क्षेत्रमा आर्कषित गर्न ठोस कार्यक्रमको आवश्यता देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);