जनता मारमा, आयल निगम अरबौंको फाइदामा (भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

जनता मारमा, आयल निगम अरबौंको फाइदामा (भिडियो रिपोर्ट )

प्रतिमा धरेल, मोउन्तैन टेलिभिजन । भारतीय आयल निगमले घटेको मुल्यमा नेपालमा पेट्रोलियम पदार्थ पठायो । तर आयल निगमले आफु घाटामा रहेको भन्दै मुल्य समायोजन नहुने जानकारी सहितको विज्ञप्ति सार्वजनिक ग¥यो । पेट्रोलियम पदार्थको मुल्य वृद्धि अहिले महँगीको मुल कारण बनेको छ । छाक टार्नै मुस्किल हुने अवस्था आउँदा पनि जनताले सरकार भएको महसुस गर्न पाएका छैनन् ।

पज….यस्ता दृश्य नेपाल आयल निगम अघिल्तिर सामान्य जस्तै बनेको छ । निगमले बढी मूल्यमा इन्धन खरिद गरेको भन्दै मूल्य बढायो । एक वर्षको अवधिमै पेट्रोलियम पदार्थको मूल्य पटक पटक बृद्धि भयो । यस्ता प्रदर्शनहरु बारम्बार भइरहे पनि सरकारलाई भने पटक्कै छोएको छैन । दुई पटकसम्म इन्डियन आयल कर्पोरेसनले घटेको मुल्यमा इन्धन पठाए पनि आयल निगम घाटाको नाममा मुल्य समायोजन गर्न तयार देखिँदैन ।

निगम घाटाको नाममा पन्छिने र जनता सँधै मारमा पर्ने गरेको उपभोक्ताहरुको गुनासो छ। सरकारले अविभावकत्व बहन गर्न नसकेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

इन्धनमा बढ्दो मूल्यले नेपालको अर्थतन्त्रलाई नै धक्का दिइरहेका बेला विश्व बजारको पछिल्लो अवस्था थप अप्रत्यासित बनेको छ । जी सेभेन राष्ट्रहरुले रुसी कच्चा तेललाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै त्यसको विश्व बजारमा नकारात्मक असरको पर्ने देखिन्छ । केही समय पछि पुनः इन्धनको मूल्य बढ्ने संभावना पनि छ । फेरी पनि मूल्य बढे नेपालको अर्थतन्त्र नै धरापमा पर्ने विज्ञहरु बताउँछन् ।

इन्धनको मूल्य वृद्धिले दुर्गमका जनता झनै मारमा परेका छन् । ढुवानी खर्च नै बारम्बार वृद्धि हुँदा आर्थिक अवस्था कमजोर भएकालाई छाक टार्न धौधौ छ। यति हुँदापनि सरकारले कुनै पहलकदमी लिएको देखिँदैन । माउण्टेन टेलिभिजन एचडीका लागि निखिल कपालीका साथमा प्रतिमा धरेल काठमाडौँ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);