ट्याक्सीको भाडा दर समायोजन गर्न व्यवसायीकाे माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ट्याक्सीको भाडा दर समायोजन गर्न व्यवसायीकाे माग

काठमाडौं, २७ बैशाख । ट्याक्सी व्यवसायी तथा चालकहरुले ट्याक्सीको भाडा दर समायोजन गर्न सरकारलाई दवाव दिन सुरु गरेका छन् । उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तानले तत्काल ट्याक्सीको भाडा दर समायोजन गर्न सरकारलाई दवाव दिनु भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ७ वर्षयता यति धेरै मूल्य वृद्धि हुँदा पनि सरकारले ट्याक्सीको भाडा दर समायोजन नगरेको भन्दै आपत्ति पनि जनाउनु भयो । महासचिव मोक्तानले ट्याक्सी चालकहरुलाई प्रशिक्षण दिने व्यवस्था गर्न ट्याक्सी व्यवसायीहरुको पनि गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

टयाक्सी व्यवस्थापनका लागि पनि सरकारले उचित व्यवस्था गर्नुपर्ने टयाक्सी व्यवसायी तथा चालकहरुको माग छ । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले ट्याक्सीको भाडा दर समायोजनमा ढिलाई नगर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले टयाक्सी व्यवसायीहरुलाई मापदण्ड भित्र रहेर मात्रै ट्याक्सी संचालन गर्न पनि सचेत गराउनु भयो । ‘टयाक्सीको भाडा दर समायोजनसम्बन्धि समस्या तत्काल समाधान हुन्छ,’ महानिर्देशक दाहालको भनाई थियो, ‘तर टयाक्सी व्यवसायीहरुले मापदण्ड भित्र रहेर ट्याक्सी संचालन गरिदिनु प¥यो ।’ यातायात व्यवस्था विभागले ट्याक्सीको बैज्ञानिक भाडा दर निर्धारण गर्न समितिनै बनाएर कामलाई अघि बढाएको दावी गर्दै आएको छ ।

यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्तकुमार पन्तले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भयो । उहाँले ट्याक्सी चालक तथा व्यवसायीहरुले पनि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पनि स्पष्ट पार्नु भयो ।

ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनमा लागि परिरहेकाले उनीहरुमाथि अभद्र व्यवहार नगर्न पनि एसएसपी पन्तले सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा ‘इजि टयाक्सी नेपाल’ एप्स पनि सार्वजनिक गर्ने जानकारी दिइएको थियो । उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजले लन्च गर्ने सो एप्सले टयाक्सी सेवालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);