केरुङ-काठमाडौं रेल मार्ग निर्माणमा हतार नगर्न विज्ञकाे सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

केरुङ-काठमाडौं रेल मार्ग निर्माणमा हतार नगर्न विज्ञकाे सुझाव

काठमाडौं, २८ बैशाख । केरुङ-काठमाडौं रेल मार्ग निर्माणमा हतार नगर्न विज्ञहरुले सुझाव दिएका छन् । विवेकशील साझा पार्टीले शनिबार गरेको केरुङ-काठमाडाैं रेल बहस कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एवं अर्थविद् शंकर शर्माले रेलमार्ग निर्माणका लागि आवश्यक पर्ने लगानी तथा निर्माणको मोडल स्पष्ट नभईकन त्यस विषयमा हतार नगर्न सुझाव दिनुभएको हो ।

रेलमार्ग निर्माणको सम्बन्धमा चीन सरकार पनि स्पष्ट नभएको आफुले पाएको भन्दै उहाँले पहिलो प्राथमिकता सडक सञ्जालको विस्तारलाई दिन सुझाव दिनुभयो । अर्थवीद् शर्माले अर्थशास्त्रीय सिद्धान्तले एउटै देशसंगको निर्भरतालाई जोखिमयुक्त मान्ने गरेकाले विकल्प खोज्नु आवश्यक भएपनि केरुङ-काठमाडाैं रेल मार्ग निर्माण पुर्व थुप्रै विषयमा स्पष्ट हुनु जरुरी रहेको बताउनुभयो ।

विवेकशील साझा पार्टीका प्रवक्ता तथा पूर्वाधारविद् डाक्टर सूर्यराज आचार्यले केरुङ-काठमाडौं रेल संचालनबाट प्रत्यक्ष लाभान्वित नेपाल वा छिमेकी मुलुक भन्नेमा स्पष्ट हुनुपर्ने आवश्यकता औल्याउनुभयो । रेलमार्गले ल्याउने भु राजनीतिक तरंग लगायतका विषयमा वस्तुगत बहस गर्नुपर्नेमा जोड दिनुभयो ।

विज्ञहरुले तत्कालका लागि चाईनाबाट रेल आउने विषयलाई प्राथमिकता दिनुभन्दा त्यसले पार्ने विविध पक्षको अध्ययन गरि आन्तरिक सडक पुर्वाधारमा जोड दिई योजनावद्ध ढंगले निर्णय गर्न सुझाव दिंदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);