नेपालमा रेल जोड्न चीन आतुर | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपालमा रेल जोड्न चीन आतुर

nepal-china railway

काठमाडौं, २७ भदौ । काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ ।

‘नेपालमा रेल र सडक सञ्जालले जोडेर विकास सहकार्य गर्न हामी आतुर छांै, यसमा काम भइरहेको छ’, जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले भने, ‘नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो । सीमा जोडिएका हामी सहकार्य गरेर अघि बढ्ने हो ।’

नेपाली सीमा केरुङसम्म कहिलेसम्म आउला त रेल ? चिनियाँ उच्च अधिकारीसँग यसको स्पष्ट जवाफ नभए पनि उनीहरू काठमाडौं जाने रेलको काम उच्च प्राथमिकतामा रहेको बताउँछन् । अन्नपूर्णसँगको संक्षिप्त कुराकानीमा चुले भने, ‘काम भइरहेको छ, नेपालमा पनि रेल आउँछ । ल्हासाको रेल केरुङ पुगेपछि काठमाडौं टाढा हुँदैन । त्यहाँ जोड्ने अध्ययन भइरहेको छ । त्यो निर्माणको चरणमा नै अघि बढ्नेछ ।’

ल्हासाको डाँडोमा रेल गुडाइरहेको चीनले पछिल्लो समय काठमाडौंमा रेल ल्याउनेमा नेपाली जति आशावादी छन्, चिनियाँ अधिकारीहरू पनि त्यतिकै उत्साही सुनिए । उनले थपे, ‘तिब्बत पनि विकासकै चरणमा छ । नेपालमा तिब्बत विकासको अनुभव अपरिहार्य छ । विकासमा सहकार्य गर्न तिब्बत सधैं तयार छ ।’

दुई देशबीच उच्च हिमाली भूभाग छ । यो भूगोल रेल, सडक, विद्युत्लगायत सञ्जालका लागि सहज मानिँदैन तर तिब्बतले यस्ता पूर्वाधारमा काम गरिरहेको बताउँदै चुले भने, ‘तिब्बत दक्षिण एसिया जोड्ने माध्यमको आरम्भकर्ता भएपनि मूलद्वार नेपाल हो । तिब्बतबाट नेपाल हुँदै दक्षिण एसिया जोड्ने छौं । यसमा काम भइरहेको छ । नेपाल यसको द्वारमा निर्भीक रहनेछ ।’

सिगात्सेको रेल केरुङसम्म ल्याइपु¥याउन नेपालले चीनतिर सडक सञ्जाल विस्तार गर्नुपर्ने चिनियाँ अधिकारीको सुझाव छ । ‘चीन नेपालसँग भौतिक पूर्वाधारमा सहकार्य गरी काम अघि बढाउन चाहन्छ’, उपाध्यक्ष चुले भने ‘मैले यो विषय नेपाली राजनीतिक उच्च अधिकारीलाई भन्ने गरेको छु । हामी पनि विकासको चरणमा छौं । विन–विन सहकार्यमा विकास अघि बढाऔं । नेपाल मात्र होइन हिमालयन सहकार्य अबको अपरिहार्यता हो । हामी अब पहिलेझैं अवस्थामा छैनैाँ । प्रविधि छ । विकास कार्य त्यहींबाट सहज हुने हो ।’

चीनले त्रिपक्षीय सहकार्यको प्रस्ताव अघि बढाउँदै नेपाललाई दक्षिण एसियाको ढोका सम्झेर यस्ता कार्यअघि बढाउन लागेको पनि उनले दोहो¥याए । काठमाडौं हुँदै रेलमार्ग निर्माण गर्दा नेपाल दक्षिण एसियाको रणनीतिक विन्दुमा दरिने र थप विकासमा अघि बढ्ने पनि उपाध्यक्षले बताए । नेपालमा प्राथमिकताका आधारमा उच्चतम महत्व दिएर तिब्बत सरकारले केन्द्रसँग सहकार्य गरी कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने चुको धारणा छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);