नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयनमा विज्ञको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयनमा विज्ञको जोड

kp oli-xi

कार्यान्वयनका लागि नेपाल अहिलेदेखिनै पुर्वतयारीमा जुट्नुपर्ने सुझाव

सीता शर्मा
काठमाडौं, २७ असोज । नेपाल र चीनबीच २० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा उल्लेख भए अनुसार नेपाल र चीन दुबै देशले एकअर्कामा कनेक्टीभिटीलाई प्राथमिकतामा राखेका छन् ।

जसमा रेल मार्ग र सडक मार्गको विकास उच्च प्राथमिकतामा परेको छ । सम्झौता पत्रमा उल्लेख भए बमोजिम नेपालको उत्तरी छिमेकी राष्ट्र चीन रेल मार्ग मार्फत जोडिन्छ त भन्न्ने चाँसो अहिले बढेको छ ।

तर सम्झौतामा पत्रमा उल्लेख भएका विषयलाई कार्यान्व्यनमा ल्याउन नेपाल अहिले देखि नै पुर्वतयारीमा जुट्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिङपिङले नेपाल भ्रमणका क्रममा नेपाललाई ‘भूपरिवेष्टितबाट भूजडित मुलुक बनाउन चीनले खुला हृदयबाट सघाउने घोषणा गर्नुभएको थियो । नेपाललाई भूजडित बनाउन उत्तरतर्फ विकास गर्ने भनिएको रेल एवं सडक सञ्जालमा निर्भर हुनेछ ।

यसका लागी नेपाल र चीनबीच हुने रेल मार्ग र सुरुङ मार्गलाई नेपाल र चीनबीच भएको सम्झौता पत्रमा महत्वपुर्ण रुपमा उल्लेख गरीएको छ । नेपाल र चीनबीच भएको सम्झौता पत्रको बुँदा नम्बर ७ मा चीन–नेपाल सिमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच संझौता भएको छ ।

यद्यपि भौगोलिक दृष्टिले रेल मार्ग बन्न निकै समय लाग्ने भएकाले तत्काल केरुङसँगको सम्पर्क सहज बनाउन सुरुङ मार्ग सहित राजमार्ग निर्माण गरिदिन चीन सरकार तत्पर देखिएको छ ।

तर पुर्वाधार क्षेत्रका जानकारहरु भने केरुङ काठमाडाैं रेल मार्ग र सुरुङ मार्ग संगसंगै अगाडी बढ्न नसक्ने हुनाले यसको व्यवहारीक कार्यान्वयन कठिन देख्छन् ।

पूर्वसम्भाव्यता अध्ययन सकिएको केरुङ काठमाडौं रेलमार्गको अब सम्भाव्यता अध्ययन गर्ने र त्यसलाई निर्माणको चरणमा लैजाने ठोस प्रतिबद्धता चीनबाट आएको छ ।

साथै प्रस्तावित रेल मार्गलाई काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म पुर्याउने बारेमा पनि उल्ल्लेख गरिएको छ । त्यसबाहेक चीन जोड्ने अरनिको राजमार्गको विस्तार र अन्य सीमा सडकहरूको निर्माण गरिदिने सम्बन्धमा पनि सैद्धान्तिक सहमति भएको छ ।

रेल मार्ग बनाउनका लागी नेपालको आर्थिक क्षमताले थेग्न गाह्रो पर्ने भएकाले केरुङ जोड्ने केरुङ टोखा छहरे सुरुङमार्ग भौगोलिक दुष्टिकोणले व्यवहारीक भएकोले यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने भुगर्भविद्को भनाई छ ।

नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन भए नेपालको उत्तरी भेग आर्थिक दृष्टिले सम्भावनायुक्त र चलायमान बन्ने देखिन्छ । साथै नेपाललाई बिभिन्न बस्तुमा भारततर्फ मात्रै निर्भर हुनुपर्ने बाध्यताबाट पनि मुक्ति मिल्नेछ ।

चीनतर्फका नाकाको प्रयोगबाट त्यसतर्फका सामुद्रिक र सुक्खा बन्दरगाहसम्म नेपालको पहुँच विस्तार हुनेछ । तर यी सम्झौता कार्यान्वयनका चरणमा लैजाने हो भने सरकार तत्कालै पुर्वतयारीमा जुट्नुपर्ने विज्ञहरुको सुझाव छ ।

२०७२ सालको चैतमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणका क्रममा केरुङ–काठमाडाैं रेलमार्ग निर्माण गर्ने विषयमा सहमति भएपनि यो आयोजना अगाडी बढ्न सकेको छैन ।

चीनसंग रेल मार्ग जोड्न सके नेपालको आर्थिक वृद्धिदर बढ्नुका साथै सामान आयात निर्यातामा सहज हुने अपेक्षा गरीएको छ । तर नेपालले महत्वाकांक्षी योजना बनाएपनि यसलाई सफल बनाउन आर्थिक रुपमा नेपालका लागी कठिन पर्ने अर्थविद्हरुले बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);