केरुङ रेल बिस्तारलाई गति दिन नेपाल र चीनका अधिकारी सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

केरुङ रेल बिस्तारलाई गति दिन नेपाल र चीनका अधिकारी सहमत

kerun train

काठमाडौं, २५ बैशाख । केरुङ रेल बिस्तारलाई गति दिन नेपाल र चीनका अधिकारी सहमत भएका छन् ।

चीन भ्रमणमा गएको उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलसँगको छलफलमा चिनियाँ पक्षले परियोजनालाई दु्रत गतिमा अघि बढाउन पहल गर्ने जनाएको हो । त्यसका लागी प्रारम्भिक प्रतिबेदन निर्माणको तयारी पनि सुरु गर्ने समझदारी भएको छ । दुई साता भित्रै टोलीले स्थलगत अनुगमन गरी आगामी अगष्टसम्म प्रतिबेदन तयार पारिसक्ने सहमति भएको रेल बिभागले जनाएको छ । जस अन्तर्गत चनियाँ पक्षले कन्सल्ट्यान्ट नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ ।

काठमाडौं–केरुङ रेल परियोजनालाई चिनियाँ पक्षले चुनौतीपुर्ण र संसारका जटिल आयोजना मध्येको एक आयोजना भएको जनाउँदै आएको छ । भौगोलिक जटिलतालाई चिर्दै आयोजना सम्पन्न गर्न प्राबिधिक हिसाबमा केही अध्ययन समेत आवश्यक रहेको चिनियाँ पक्षको निश्कर्ष छ । यद्यपी त्यसका लागी दुबै पक्षका प्राबिधिकहरु बसेर प्रतिबेदन निर्माण गर्ने बिषयमा छलफल पनि भएसकेको विभागले जनाएको छ । केरुङ–काठमाडौं रेलमार्ग झण्डै ७५ किलोमिटरको हुने बताईएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);