गृह मन्त्रालयद्वारा नेपाल प्रहरीका १६ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८१, बुधवार

गृह मन्त्रालयद्वारा नेपाल प्रहरीका १६ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

ministry of home

काठमाडौं, २५ बैशाख । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफरिस गरेको छ ।

मन्त्रालयको बढुवा सिफारिस समितिले संशोधित प्रहरी नियमावली अनुसार १६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवाको सिफारिस सूचिमा केदार रिजाल पहिलो नम्बरमा छन् । समितिले बढुवाका लागि सिफारिस गरेका एसएसपीहरुमा शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रविन्द्र प्रसाद शर्मा र कमलबहादुर जिटी छन् ।

यस्तै एसएसपीहरु महेन्द्र कुमार पोखरेल, महेशविक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दान सिंह बोहरा, सुशिल कुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी पनि बढुवाको सिफारिस सूचीमा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);