पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायी सधैँ असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायी सधैँ असन्तुष्ट

taxi

काठमाडौं, १२ बैशाख । पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् । यो समाचार आजको गोरखा पत्र दैनिकमा लेखेको छ ।

सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन गरियो ।

२०६९ सालपछि पनि सार्वजनिक सवारीको दुईपटक भाडा समायोजन भएको छ तर ट्याक्सी व्यवसायीले भने विगत दुई महिनादेखि वैज्ञानिक भाडादर समायोजनको माग राखी आ–आफ्ना ट्याक्सीे पछाडि प्लेकार्ड टाँसिरहेका छन् ।

यातायात व्यवस्था विभागले भने पटक–पटक भाडा समायोजन गरिएको तर ट्याक्सी व्यवसायीहरूले सरकारलाई ‘ब्ल्याक मेलिङ’ गरिरहेको जनाएको छ । ट्याक्सी पछाडि टाँसिएका प्लेकार्ड ट्राफिक प्रहरीले च्यात्ने काम गरे पनि व्यवसायीले भने राख्न छाडेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);