सरकारद्वारा सार्वजनिक यातायातको भाडामा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सरकारद्वारा सार्वजनिक यातायातको भाडामा बृद्धि

yatayat

बढाइएको भाडा असार १ गतेदेखि लागू हुने –

काठमाडौं, ३० जेठ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा २० प्रतिशतसम्म बढाएको छ । काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनको भाडा १२ प्रतिशत, उपत्यकाबाट लामो दूरी तथा मालबाहकमा २० प्रतिशत भाडा वृद्धि गरिएको हो ।

स्थानीय रुटमा चल्ने बसमा न्यूनतम १४ रुपैयाँ रहेकोमा अब यात्रुले १६ रुपैयाँ तिर्नु पर्ने छ । यस्तै विभागले ट्याक्सीको भाडा प्रणाली नै परिवर्तन गरेको छ । नयाँ प्रणालीअनुसार एक किलोमिटरसम्मको ट्याक्सी भाडा ५० रुपैयाँ निर्धारण गरिएको छ ।

बिभागले २०६९ सालमा वैज्ञानिक भाडादर लागू भएपछि मूल्य समायोजन गरिएको जनाएको छ । तर, गत वर्षको दसैं अगाडि यातायात व्यवसायीको दबाबमा सरकारले १० प्रतिशत भाडा बढाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);