लामो दुरीको सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लामो दुरीको सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले वृद्धि

Old-Buspark

काठमाडाैं । लामो दुरीको सार्वजनिक यातायातको भाडा अधिकतम २८ प्रतिशतले वृद्धि भएको छ । यातायात व्यवस्था विभागले असार २९ गते देखिनै लागू हुने गरी सार्वजनिक यातायातका साथै मालबाहक सवारी साधनको समेत भाडा वृद्धि गरेको हो ।

बुधबार एक सूचना जारी गर्दै विभागले लामो दुरी अर्थात अन्तरप्रदेश संचालनहुने सार्वजनिक यातायातका यात्रु बाहक सवारी साधनका साथै मालबाहक सवारी साधनको समेत भाडादर समायोजन गरिएको जनाएको छ । मन्त्रालयका अनुसार यात्रु बाहक सवारी साधनको भाडा साविकको भाडादरमा २८ प्रतिशतले वृद्धि गरिएको छ ।

पहाडी बाटोमा संञ्चालनहुने मालबाहक सवारी साधनको भाडा २० प्रतिशतले र तराईको बाटोमा संञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २६ प्रतिशतले वृद्धि गरिएको छ । विगत २०७२ सालदेखि सवारी भाडा यथावत रहेको तर फ्युल (इन्धन) सँगै गाडीको पाटपुर्जा, टायर लुब्रिकेन्ट तथामहँगी समेत बढेकाले सो कुरालाई ध्यानमा राखिमूल्य समायोजन गरिएको विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);