बढ्यो सार्वजनिक सवारी साधनको भाडा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बढ्यो सार्वजनिक सवारी साधनको भाडा

काठमाडौं,३१ साउन । मंगलबार पेट्रोेलियम पदार्थको मुल्य बढेसँगै सार्वजनिक सवारी साधनको भाडा बढेको छ । नेपाल आयल निगमले मुल्य वृद्धि गरेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालबाहक सवारीको नयाँ भाडादर तोकेको हो ।

यात्रुबाहक सवारी साधनको भाडा ४ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ भने पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनको भाडा ६ दशमलव १५ प्रतिशत र तराईको बाटोमा चल्ने सवारीको मुल्य ६ दशमलव ८३ प्रतिशतले बढेको हो ।

विभागले वृद्धी गरेको भाडादर आजैबाट लागुहुनेछ । विभागका अनुसार यो भाडादर २ वा २ भन्दा बढी प्रदेश वा राष्ट्रिय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा मात्र लागु हुनेछ ।

निगम व्यवस्थापन समितिकोे बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);