बालुवाटार जग्गा प्रकरणकामा दोषी ठहर भएका गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बालुवाटार जग्गा प्रकरणकामा दोषी ठहर भएका गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा

bijaya kumar gachhadar

काठमाडौँ । बालुवाटार जग्गा प्रकरणमा दोषी भनिएका पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार विशेष अदालतले थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी रिहा गरेको हो ।पटक–पटक मुद्दाको म्याद बुझ्न अस्वीकार गरेका गच्छदारलाई ‘फरार’ सूचीमा राखिएको थियो ।

बुधबार बिहान गच्छदार आफैं विशेष अदालत पुगेर थुनछेक बहसमा सहभागी भएका थिए । गच्छदारले यसअघि देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह समेत गरेका थिए । देउवाले आफूले मिलाउने आश्वासन दिए पनि सत्तामा नरहेकाले गच्छदार अदालतको म्याद नबुझी बसिरहेका थिए ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै गच्छदारले आज अदालतमा बयान दिएका छन् । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग दाबी गर्देै अख्तियारले आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद प्रस्ताव लैजान विभागीय मन्त्रीको रूपमा गैरकानूनी कार्य गरेको अभियोग–पत्रमा उल्लेख छ।

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);