कांग्रेस चर्चित नेता गच्छदारको राजनीतिक भविष्य धरापमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस चर्चित नेता गच्छदारको राजनीतिक भविष्य धरापमा

bijaya kumar gachhadar

काठमाडौं, २४ माघ । बहुदलको आगमनपछि नेपाली राजनीतिका चर्चित खेलाडी हुन नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार । यतिबेला उनी ललिता निवास प्रकरणले उठ्नै नसक्नेगरि डामिएका छन् । सत्ता राजनीतिमा माहिर खेलाडी गच्छादारलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको राजनीतिक भविष्य धरापमा परेको छ ।

दर्जन बढी मन्त्री र ४ पटक उपप्रधानमन्त्री हुँदै आएका विजयकुमार यतिबेला हार गुहारमा छन् । राजनीतिका चतुर खेलाडी गच्छदारमाथि अहिले ठूलो राजनीतिक संकट देखा परेको छ ।

को हुन् गच्छदार ?
२०४८ ताकादेखि केजिवि ग्रुप निकै सक्रिय थियो कांग्रेसमा । कांग्रेसभित्रको केजिवि गु्रपभित्रका एक हस्ती हुन् विजय कुमार गच्छदार । केजिवी भित्र खुमबहादु खड्का, गोविन्दराज जोशी र विजय गच्छेदार थिए ।

यसअघि दुबैलाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाइसकेको छ । सदाबहार मन्त्री बन्ने जोशी अख्तियारले डामेपछि राजनीतिबाट विस्थापित भएका छन भने खुमबहादुर जेल जीवनपछि निधन भइसकेको छ ।

जोशी र खड्का जस्तै राजनीतिमा दवदबा कायम गर्दै आएका गच्छदारमाथि अहिले अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । १६ वर्षको उमेरदेखि राजनीतिमा होमिएका गच्छदार २०१० साल माघ १९ मा सुनसरी ८ पचरामा जन्मिएका हुन् ।

आफ्नो राजनीतिक जीवनमा कहिल्यै घाटा नबेहोरेका गच्छदार २०४८ साल यता लगातार प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

गच्छदारमाथि सरकारी जग्गा हिनामिनाको अभियोग छ । कांगे्रेसका उपसभापति समेत रहेका गच्छदारको सांसद पद पनि निलम्बन भएको छ । विसं २०४८ मा पहिलो पटक सिंहदरबार छिरेका गच्छदार तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको पालामा सञ्चार राज्य मन्त्री भएका थिए ।

२८ वर्षको समयअवधिमा सत्ताको स्वाद लिएका गच्छदार २०७४ मा अन्तिम पटक उपप्रधान तथा स्थानीय विकास मन्त्री भएका थिए ।

गच्छदारको राजनीतिक उतारचढाव
पहिलो पटक २०६४ को संविधानसभा निर्वाचनमा आफू अनुकुलको व्यक्तिलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले टिकट दिन नमानेपछि गच्छदारले कांग्रेस छोडेका थिए ।

कांग्रेसभित्र आफ्नो सुनुवाइ नभएको झोंकमा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए । मधेसी जनअधिकार फोरममा रहँदा माधव नेपालको नेतृत्वमा सरकारमा सहभागी हुने कि नहुने विवाद भएपछि मधेसी जनअधिकार फोरम — लोकतान्त्रिक गठन गरेको थिए ।

उपेन्द्रसंगको राजनीतिक हिसाबकिताब पनि नमिलेपछि आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरेर उनी पुनः सत्तामा पुगेका थिए । सत्ताको लाभ र हानिमा हिसाबकिताब मिलाउन माहिर खेलाडी विजय २०७४को संघीय निर्वाचनपछि फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएका थिए । कांग्रेसमा पार्टी विलय गराएपछि उनी कांग्रेस उपसभापति बनेका हुन् ।

राजनीतिक प्रतिद्धन्द्धी
राजनीतिमा सधै चतुर खेलाडीको बिल्ला लागेका गच्छदारले २०४८ यताको संसदीय निर्वाचनमा कहिल्यै पराजय भोग्नु परेन । हरेक निर्वाचनमा उम्मेदरवार हुने गच्छदार संधै प्रत्यक्ष निर्वाचनमा विजय हुँदै आए ।

२०७४ को संघीय निर्वाचनमा उनी आफ्नै गृह जिल्ला सुनसरीबाट विजयी भएका थिए । तत्कालीन एमालेकी उम्मेदवार भगवति चौधरीसंगको सकसपूर्ण प्रतिस्पर्धाबाट उनी संसदमा पुगेका थिए । विजय र भगवतीको कडा प्रतिस्पर्धामा मतगणना समेत प्रभावित भएको थियो । गच्छदारका प्रतिस्पर्धी भगवति चौधरीले धांधली गरेर आफूलाई हराएको आरोप लगाउनु भएको थियो । यो आरोप अहिले पनि छ ।

गच्छदारका समर्थक
विजयकुमार गच्छदार कार्यकर्ताकालागि भने भगवान सरह नै देखिन्छन् । कार्यकर्ताका लागि ज्यानै दिने नेताका रुपमा उनी परिचित छन् । राजनीतिक बृत्तमा आफ्ना कार्यकर्ता माझ उनको छवि लोकप्रिय छ ।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा कांग्रेस नेता विजय कुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएका मध्य गच्छदार उच्च राजनीतिज्ञ हुन ।

गच्छदारलाई मुद्दा लगाइएकोमा नेपाली कांग्रेसले सत्तापक्षले प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ । यही निहुँमा कांग्रेसका सांसदले प्रतिनिधि सभाको बैठक समेत अवरोध गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);