अख्तियारको कदम विरुद्ध जनता समक्ष जान्छौं र कानूनी उपचार पनि खोज्छौं : खाँड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अख्तियारको कदम विरुद्ध जनता समक्ष जान्छौं र कानूनी उपचार पनि खोज्छौं : खाँड

balkrishna khad

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले राजनीतिक पुर्वाग्रहयुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कदम विरुद्ध जनता समक्ष जानुको साथै कानूनी रुपमा पनि अघि बढ्ने बताउनुभयो ।

मन्त्रीपरिषद्का निर्णयहरु प्रधानमन्त्रीको स्वीकृतिमा नै पारित हुने भएकाले विभागिय मन्त्री मात्रै ती निर्णयको जवाफदेही नभई प्रधानमन्त्री स्वयम् हुने भन्दै उहाँले प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर विभागिय मन्त्रीलाई मात्रै मुद्धा दर्ता गर्नुले राजनीतिर्क पुर्वाग्रह देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “मन्त्रीपरिषद्का निर्णयहरु प्रधानमन्त्रीको स्वीकृतिमा नै पारित हुन्छन् । प्रधानमन्त्रीलाई उन्मुक्ति दिईएको छ । तर मन्त्रीलाई मुद्धा चलाईएको छ । जमिन प्राप्त गरेकालाई उनले जग्गा फिर्ता गरे त्यसकारण उनलाई मुद्धा लगाईएन भनेको छ । त्यसकारण पुर्वाग्रहयुत्त छ भन्ने ठहर छ । यसविरुद्ध जनता समक्ष जान्छौ । कानुनी रुपमा पनि जान्छौ । ”

अख्तियारले बुधबार ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न भएको आरोपमा १ सय ७५ जनमाथि मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता विजय कुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि रहेका छन् ।

त्यसैगरी ब्यापारी मीनबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

पूर्व सचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले भूमाफिया र उनीहरूलाई सहयोग गर्नेहरूको नामै किटेर कारवाही गनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएपछि अख्तियार, सिआईबी र भूमि व्यवस्था मन्त्रालयले यस विषयमा अनुसन्धान गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);