कांग्रेसको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कांग्रेसको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित

samsad sthagit

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले शुक्रवारको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध पारेको छ । कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले पुर्वाग्राही बनेर आफना पार्टीका उपसभापति बिजय कुमार गच्छदार बिरुद्ध प्रतिसोधका आधारमा मुद्दा दायर गरेको आरोप लगाउदै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो ।

काँग्रेस संसदीय दलका उपनेता समेत रहनु भएका गच्छदार सहित १ सय ७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार बिषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।सरकारले सुनियोजित ढंगले स्वतन्त्र आयोगलाई दबाव दिएर राजनीतिक प्रतिसोधले प्रेरित भइ मुद्धा अगाडी बढाएको कांग्रेसको आरोप छ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्धाले संवैधानिक निकायहरुको निष्पक्षता र स्वतन्त्रतालाई कमजोर बनाएको कांग्रेसको दाबी छ । कांग्रेसले तत्कालिन प्रधानमन्त्री र मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री निवास विस्तारको गुरु योजनाको प्रस्तावमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर गच्छदारबिरुद्ध मुद्धा दर्ता गर्नु राजनीतिक प्रतिसोध मात्रै भएको बताएको छ ।

कांग्रेसले कानूनमा कसैलाई उन्मुक्ति दिने र कसैलाई सजाय हुने प्रावधान नहरेको भन्दै संविधानको बर्खिलाप हुने गरी मुद्धा दायर गरिएको बताएको छ । यस अघि आजै बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);