उपसभापति गच्छदारलाई नियोजित रूपमा फसाइएको कांग्रेसको ठहर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उपसभापति गच्छदारलाई नियोजित रूपमा फसाइएको कांग्रेसको ठहर

congress meeting

काठमाडौं, २३ माघ । कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि कांग्रेसले नियोजित रूपमा फसाइएको जनाएको छ ।

आज बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारीसहित कानुन व्यवसायीसँगको छलफल पछि कांग्रेसले यस्तो प्रतिकृया दिएको हो । गच्छदारलाई नियोजित रुपमा पूर्वाग्राही तरिकाबाट फासाइएको र त्यसलाई पार्टीले कसरी प्रतिवाद गर्ने विषयमा छलफल भएको सहभागी नेताहरुले जानकारी दिएका छन् ।

मन्त्रिपरिषदबाट भएको नीतिगत निर्णयमा गच्छदारलाई फसाउन खोजिएको निष्कर्ष निकाल्दै कांग्रेसले आन्दोलका कार्यक्रम तय गर्न अपरान्ह ३ बजे पार्टीका भ्रातृ संगठनहरुलाई केन्द्रीय कार्यालयमा बोलाइएको छ । भ्रातृ संस्थाहरुसँगको छलफलपछि आजै आन्दोलनका कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ । आन्दोलनको स्वरुप कस्तो हुने भन्ने बताइएको छैन ।

अख्तियारले गच्छदारसहित तीन पूर्व मन्त्रीविरुद्ध मुद्दा चलाएको छ । ११४ रोपनी जग्गा हिनामिना गरेको भन्दै अख्तियारले १७५ जना विरुद्ध १० अर्ब बढीको बिगो दावी मागसहित मुद्दा चलाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);