ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको विजयकुमार गच्छदारको दावि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको विजयकुमार गच्छदारको दावि

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गच्छदारले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुट्टा मुद्दा लगाएको दावी गरेका हुन् ।

आफूविरुद्ध तत्कालिने सरकारले षड्यन्त्र गरेको पनि आरोप लगाउदै नेता गच्छदारले अख्तियारबाट विशेष अदालतमा दायर भएको मुद्दाको फाइल अध्ययन गरेमा आफूमाथिको प्रतिशोध थाहा हुने टिप्पणी गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भए पनि सरकारको छायाँको रुपमा काम गर्दा निष्पक्ष र स्वतन्त्र हुन नसकेको नेता गच्छदारको गुनासो गर्नुभयो । अख्तियारले छानीछानी मुद्दा चलाउने काम गरेको भन्दै उनले उन्मुक्ति दिन नपर्नेलाई दिएको र राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको आरोप लगाए ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेसम्बन्धी प्रस्ताव तत्कालिन भौतिक पूर्वाधारमन्त्री गच्छदारले मन्त्रिपरिषदमा लगेको अख्तियारको ठहर छ । अख्तियारले यसै विषयमा गच्छदारसमेत १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दामा वयान दिन गत असार ३० गते उपस्थित हुनुभएका गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । ललिता निवास प्रकरणमा जोडेर आफ्नो ५० वर्ष लामो राजनीतिक र समाजिक जीवन ध्वस्त गर्ने खोजिएको भन्दै गच्छदारले आफ्नो बचाउ गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);