चीन र भारतसँगको सम्बन्ध सन्तुलित बनाउने नवनियुक्त परराष्ट्रमन्त्री खड्को भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीन र भारतसँगको सम्बन्ध सन्तुलित बनाउने नवनियुक्त परराष्ट्रमन्त्री खड्को भनाई

काठमाडाैं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो कार्यकालमा चीन र भारतसँग सन्तुलित सम्बन्ध हुने बताएका छन् ।

बुधबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खड्काले चीन र भारतबीचको सम्बन्ध अत्यन्त समधुर र घनिष्ठ हुने बताएका हुन् । मन्त्री खड्काले परराष्ट्र नीति दल विशेषको नभएर सबैसँगको सहमतिमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

अन्तर्राष्ट्रिय परिवेश अनुसार परराष्ट्र मन्त्रालयले अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका साथ अघि बढ्नुपर्ने समय आएको भन्दै मन्त्री खडकाले देशलाई पार्न सक्ने प्रभाव र सम्बन्धहरुमा सन्तुलन कायम राख्दै जिम्मेवारी निभाउनुपर्ने उल्लेख गरे ।

उनले राष्ट्रसंघको महासभामा एमसीसीबारे छलफल नहुने पनि स्पष्ट पारे । न्युयोर्कमा विश्वका विभिन्न देशका परराष्ट्रमन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा छलफल हुने उनले बताए ।

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले आफू संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिएर आएपछि विभिन्न देशमा राजदुत नियुक्तीको प्रक्रिया अघि बढाउने जानकारी समेत दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);