सात वटै प्रदेशमा रहेका कारागारहरुको अवस्था कानुन समितीले अध्ययन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सात वटै प्रदेशमा रहेका कारागारहरुको अवस्था कानुन समितीले अध्ययन गर्ने

काठमाडौं, २४ माघ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले सात वटै प्रदेशमा रहेका कारागारहरुको अवस्था अध्ययन गर्ने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकले सात वटै प्रदेशका कारागार निरीक्षण गर्ने निर्णय गरेको हो । कारागारहरुको अवस्था सन्तोषजनक नभएको भन्ने खवर सार्वजनिक भएको अवस्थामा कारागारभित्र बस्ने बन्दीहरुको अवस्थाका विषयमा समितिले निरीक्षण गर्ने निर्णय गरेको समिति सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो ।

कारगारभित्र बस्ने बन्दीहरुलाई आवास नपुगेको, उनीहरुको स्वास्थ्य अवस्था राम्रो नभएको र उनीहरुले कानूनी सहायता समेत भनेको समयमा नपाएको गुनासो बढेकोले कारागारहरुको निरीक्षण गरिने उहाँको भनाई छ ।

संविधानले सम्बोधन गर्न नसकेका विषयमा जनताका गुनासा सुन्न र कार्यान्वयनको अवस्थाका विषयमा बुझ्नका लागि संवैधानिक सम्मेलन गर्ने निर्णय पनि समितिले गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका अगुवाहरु एकै ठाउँमा बसेर सम्बाद गर्नेगरी प्रदेश नम्बर तीनको चितवनमा संवैधानिक सम्मेलन गरिने उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);