काठमाडौँ ।
सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहीन व्यवसायीहरुको समूहले माईतीघरमा धर्ना दिएको छ । बुधवार बिहान माईतीघर मण्डलामा दृष्टिबिहीनहरुले धर्ना दिएका हुन् । राज्यले पछाडि पारेका आफूहरुलाई राज्यले आफ्नो हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप प्रदर्शनरत दीपराजले बताउनु भयो । आफूहरुको आयश्रोतको माध्यम भनेकै सांगितिक कार्यक्रम भएको बताउनु भयो । सांस्कृतिक कार्यक्रम गर्दा पशशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड गर्ने, कुटपिट गर्ने काम भएको आरोप लगाउनु भयो । आफैँसँग हारेका दृष्टिबिहीहरुको अन्तिम विकल्प नै अरुको सहयोग लिनुपर्ने भएपनि सरकारले अरुको सहयोग लिन नदिएको बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी दिनमा यसबारे सोचोस् भनेर माईतीघरमा आन्दोलन गर्न आएको बताउनु भयो ।
सरकारले हुन्छ मात्रै भन्ने तर माग पूरा नगर्ने गरेको आरोप लगाउनु भयो । गास, बास र कपासको माग पूरा नभएसम्म धर्ना कार्यक्रम गर्ने चेतावनी दिनुभयो । सात दिनसम्म माईतीघरमा धर्ना दिने कार्यक्रम रहेको र सात दिनसम्म पनि माग पूरा नभए रिले अनसन शुरु गर्ने चेतावनी दिनुभयो । शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने, अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने, दृष्टिबिहीनका साथै पूर्ण रुपमा अपाङ्गता भएकाहरुलाई सरकारले व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईं (दृष्टिबिहीन) ले दृष्टिबिहीनलाई मागेर खाने व्यक्तिको बारेमा आफू कुरा नगर्ने भन्दै पन्छिएको बताउनु भयो ।घाम, पानी, धुवाँ, धुलो सहनु रहर होइन, बाध्यता हो, विकल्प नइि सडकपेटी छोड्दैनौँ भन्दै प्रदर्शन गरेका हुन् ।




