भाडा समायोजन र खोप माग गर्दै यातायात व्यवसायीहरुले र्‍याली (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भाडा समायोजन र खोप माग गर्दै यातायात व्यवसायीहरुले र्‍याली (फोटो फिचर)

काठमाडाैं । भाडा समायोजन र कोरोना विरुद्धको खोप माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् ।

व्यवसायीहरुले बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्‍याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गरेको थियो ।

साना–ठूला सार्वजनिक गाडीहरु एकसाथ रिङरोडमा निस्किंदा उपत्यकाको ट्राफिक व्यवस्था अस्त व्यस्त भएको थियो । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।

२०६९ सालपछि वैज्ञानिक भाडा समायोजन नभएकाले आन्दोलनमा उत्रिनु परेको यातायात व्यवसायीकोे भनाइ छ । सरकारले अन्तर प्रदेशको यातायातको भाडा वृद्धि गरिसक्दा पनि प्रदेश भित्र र स्थानीय रुपमा चल्ने सार्वजनिक गाडीहरुको भाडा समायोजन नहुँदा सवारी चलाउनै नसक्ने अवस्था आएको उनिहरुको गुनासो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);