सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि

vada bridi

काठमाडौं, ७ असोज । सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत वृद्धि गरेको छ ।

यातायात व्यवसायी र सरकारबीच शनिबार सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको हो । शनिबार यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारी पक्षबीचको वार्तामा १० प्रतिशत भाडा वृद्धि गर्नेसहित चार बुँदे सहमति भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा वृद्धि गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरिसकेको छ । सरकारले सिफारिस गरेको भाडा आइतबार (असोज ७) देखि नै लागू हुनेछ। यसलाई मंसिर अन्तिमसम्ममा वैज्ञानिक भाडादरमा समायोजन गर्ने सहमति भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);