आजदेखि प्रिबजेट बारे छलफल सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आजदेखि प्रिबजेट बारे छलफल सुरु हुँदै

budget

काठमाडौं, २७ बैशाख । आजदेखि संसदमा प्रिबजेटमाथि छलफल सुरु हुँदैछ । प्रतिनिधिसभाको बिहान ११ र राष्टियसभाको दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नु हुनेछ ।

नीति तथा कार्यक्रमभन्दा पहिला प्रिबजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रिबजेटमाथि छलफल गराउन लागेको हो । प्रिबजेटमाथिको छलफल आउँदो मंगलबारसम्म सक्ने तयारी संसद सचिवालयले गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);