विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रि–बजेट माथि झन्डै १८ घण्टा छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रि–बजेट माथि झन्डै १८ घण्टा छलफल हुने

२०८२,१,३०

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रि–बजेट माथि झन्डै १८ घण्टा छलफल हुने भएको छ । आउँदो आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्तावबाहेक आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो । कार्यतालिका अनुसार आज चार घण्टा, भोलि पाँच घण्टा, आउँदो जेठ १ गते चार घण्टा र जेठ २ गते पाँच घण्टा छलफल हुनेछ ।

दलीय आधारमा समयसीमा निर्धारण गरिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले पाँच , पाँच घण्टा, नेकपा माओवादी केन्द्रले दुई घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टीले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० मिनेट, नेकपा एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी पार्टी नेपालले १६ मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट तथा नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले समान पाँचरपाँच मिनेट समय पाएका छन् ।

Leave a Reply

ताजा समाचार