आगामी २६ गतेदेखि संसदमा प्री–बजेटबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आगामी २६ गतेदेखि संसदमा प्री–बजेटबारे छलफल

काठमाडौं, १९ वैशाख । आउँदो २६ गतेदेखि संसदमा प्री–बजेटबारे छलफल सुरु हुने भएको छ । सभामुख कृष्णबहादुर महराले आज पत्रकार सम्मेलन गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ‘प्रि बजेट’ अर्थमन्त्रीले आगामी २६ गते संसदमा प्रस्तुत गर्ने जानकारी दिए ।

सभामुख महराले प्रि–बजेट छलफलका लागि तीन दिनको समय तोकेका छन् । सभामुख महराले जेठको पहिलो साता राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने जानकारी गराए ।

प्रि–बजेट छलफलमा सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल गर्ने छ । आगामी २२ गतेबाट सुरु हुने संसदको दोस्रो अधिवेशनमा त्यस अघि संसद्ले संघीय संसद कार्यसञ्चालन नियमावली पारित गर्ने तथा सरकारले ल्याएका अध्यादेशहरु पारित गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीको सिफारिसमा गत १६ गते नैं राष्ट्रपति विद्या भण्डारीले आगामी २२ गतेका लागि अधिवेसन आह्वान गरेकी छन् । त्यसै अनुरुप दिउँसो चार बजेका लागि सभामुख महराले बैठक डाकेका छन् ।

पहिलो बैठकमा सहिदहरुप्रति श्रद्धाञ्जली, संघीय संसद कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने र सरकारले ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेको उनले जानकारी दिए । सभामुख महराले जेठ १५ गते सरकाले ल्याउने बजेट असारको तेस्रो साताभित्र पारित गर्ने तथा संसदीय समितिहरु असारको अन्तिमसम्म गठन गर्ने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);