जेठ १ गते नै नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जेठ १ गते नै नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी

krishana bdr mahara

काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने तयारी गरेको छ । यही वैशाख २३ देखि सुरु हुने संसद अधिवेशनबारे जानकारी दिन सभामुख कृष्णबहादुर महराले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

अधिवेशन सुरु भएको दोस्रो दिन नै संसद सन्चालन नियमावली पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, वैशाख २४ देखि २७ गतेसम्म नियमावली पारित गर्ने, वैशाख २६ देखि तीनदिनसम्म प्रिबजेट छलफल गर्ने, जेठको पहिलो हप्ता नीति तथा कार्यक्रम पारित गर्ने र १५ जेठमा बजेट ल्याउने गरी काम अघि बढाइएको सभामुख महराले जानकारी दिए । असार मसान्तसम्म बजेट पारित गर्ने र यो बीचमा नै संविधान कार्यन्वयनका लागि आवश्यक विधेयकहरुमाथि छलफल गर्ने जनाइएको छ ।

असार मसान्तभित्र संसदीय समितिहरुलाई पूर्णता दिने गरी काम हुने पनि सभामुख महराले जानकारी दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संसदलाई सम्बोधन कार्यक्रम नरहेको पनि सभामुख महराले प्रष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);