संघीय संसदले बजेट अधिवेशनलाई तालिकाबद्ध ढंगले सञ्चालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

संघीय संसदले बजेट अधिवेशनलाई तालिकाबद्ध ढंगले सञ्चालन गर्ने

काठमाडौं, १९ वैशाख । संघीय संसदले बजेट अधिवेशनलाई तालिकावद्ध ढंगले संञ्चालन गर्ने भएको छ । आगामी आईतबारबाट सुरु हुने संघीय संसदको दोश्रो अधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि संसद सचिवालयले कार्यतालिका नै बनाएको हो ।

सचिवालयले जेठको पहिलो साता सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र संविधानको व्यवस्था अनुसार जेठको १५ गते आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने गरि कार्यतालिका तय गरेको छ ।

सभामुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरि असार अन्तिम सम्मको संघीय संसदको संभावित कार्यतालिकाबारे जानकारी गराएका हुन् । जेठ १७ गतेदेखि एक सातासम्म बजेटमाथि सैद्धान्तिक छलफल हुने छ ।

जेठको चौथो सातादेखि असारको तेस्रो सातासम्म बजेटमा समावेश मन्त्रालयगत शीर्षकमाथि छलफल, बजेट आश्रित विधेयक प्रस्तुत र पारित गर्ने कार्यसूची छ । असार चौथो सातादेखि प्राप्त विधेयक, सार्वजनिक महत्वका प्रस्तावमाथि छलफल हुने छ । त्यही अवधिभित्र प्रतिनिधिसभाका समिति गठन गरिने कार्यसूचीमा उल्लेख छ ।

सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण तथा संकल्प प्रस्तावका साथै प्रश्न उत्तरको प्रस्तावलाई पनि नियमावलिमा समावेश गरिएकाले प्रश्न उत्तरको प्रस्ताव लगायतका विषयलाई उच्च महत्व दिई समावेश गरिने सभामुख महराले जानकारी दिए । संघीय संसदको बजेट अधिवेशन बैशाख २३ गते आईतबारबाट प्रारम्भ हुँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);