'झापामा एक हप्ताभित्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको शिलान्यास' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘झापामा एक हप्ताभित्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको शिलान्यास’

प्रदेश नम्बर १ को नामाकरण कोशी वा सगरमाथा राख्न सुझाव –

झापा, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा एक हप्ताभित्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदानको शिलान्यास गर्ने घोषणा गरेका छन् ।

कम्तिमा २५ विघा जग्गाको व्यवस्थापन भए लगत्तै मैदान निर्माणको काम सुरु हुने ओलीको भनाइ छ । आज झापाको दमकमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले झापाको विकासका लागि सबै किसिमको पहल गर्ने आश्वासन दिए ।

कार्यक्रममा उपस्थित प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई ओलीले प्रदेश नम्बर १ को नामाकरण कोशी वा सगरमाथा राख्न सुझाव दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);