३३ किलो सुन प्रकरण : ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३३ किलो सुन प्रकरण : ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता

पूर्वडिआइजी देखि वहालवाल एसएसपीसम्म प्रतिवादी, मुख्य अभियुक्त गोरे अझै फरार –

काठमाडौं, १९ वैशाख । साढे ३३ केजी सुन र सनम हत्या प्रकरणमा पूर्वडिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ।

उनीहरुविरुद्ध सुन चोरी निकासी पैठारीको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको अदालतका रजिस्ट्रार नवराज दुलालले जानकारी दिए ।

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले विभिन्न प्रमाणका आधारमा २९ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । नियन्त्रणमा लिइएका र फरार रहेका ६३ व्यक्तिलाई प्रतिवादी बनाई आज अदालतमा मुद्दा दर्ता गरिएको हो ।

उक्त मुद्दमा पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, सञ्जय राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान विष्णु खड्कासहित सुन व्यापारी, विमान कम्पनीका कर्मचारीलाई प्रतिवादी बनाइएको छ ।

मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो दावी गरिएको रजिष्ट्रार कार्यलयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सरकारी वकिलको कार्यालयमा प्रहरीको अनुसन्धान मिसिल बुझाएको थियो।

घटनाका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती र एसएसपी श्याम खत्रीलगायत अझै फरार छन् । फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन तरस्करी गर्ने भरिया सनम शाक्यको शव फेला पारेसँगै सुन तस्करीको घटना बाहिरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);