सुन काण्डका एसएसपी श्याम खत्रीे पुर्पक्षका लागि जेल चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुन काण्डका एसएसपी श्याम खत्रीे पुर्पक्षका लागि जेल चलान

मोरङ, १७ जेठ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका आरोपित प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतले बयान र थुनछेक बहसपछि खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश नारायण शर्माको इजालसमा खत्रीले १२ पृष्ठ लामो बयान दिएका छन् । खत्रीले सुन नै नभेटी आफुलाई सुन तस्कर भन्न नमिल्ने बयान दिएका छन् । उनले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफूमाथि लागेको आरोपमा सत्यता नभएको बयान दिएका छन् ।

मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ले सुन तस्करीमा एसएसपी खत्रीको संलग्नता रहेको र सुन छुटाए बापत प्रतिकेजी ५० हजारका दरले कमिसन लिने बयान दिएका थिए ।

तर खत्रीले आफूले एकपटक उप्रेतीलाई हप्काएर पठाएको बयान दिएका छन् । एसएसपी खत्रीले जिल्ला अदालत मोरङमा बिहिबार नै आत्मसमर्पण गरेका थिए । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेपछि खत्री आफैं आज अदालतमा उपस्थित भएका हुन् ।

मोरङ जिल्ला प्रहरी कार्यालयले खत्रीसहितका ६३ जनाविरुद्ध गत वैशाख १९ गते सुन तस्करी, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दायर गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);